
२० जेठ,काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन्। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन्।
गुरागाईंले यसअघि पाण्डेलाई आफूलाई कार्यालय प्रवेश गर्न अवरोध पु¥याएको भन्दै स्पष्टीकरण सोधेका थिए। सोही स्पष्टीकरणको आधारमा पाण्डेलाई निलम्बन गरिएको बुझिएको छ।