Logo

२२ जेठ, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा पूर्ण प्रतिबन्ध लगाउने नयाँ आदेशमा हस्ताक्षर गरेका छन् ।

यो निर्णयले अफगानिस्तान, म्यानमार, चाड, कङ्गो, गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरूलाई अमेरिका यात्रामा रोक लगाइएको छ।

यसैगरी, बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकलाई आंशिक रुपमा यात्रा प्रतिबन्ध लगाइएको ह्वाइट हाउसले जनाएको छ । यो प्रतिबन्ध आगामी सोमबार (जुन ९) देखि लागू हुनेछ।

ट्रम्पले आफ्नो देश र नागरिकलाई खतरनाक विदेशी तत्वबाट सुरक्षा गर्न यो कदम उठाएको बताएका छन्। यसअघि पनि सन् २०१७ मा पहिलो कार्यकालमा यस्तै यात्रा प्रतिबन्ध आदेश जारी गरिएका थिए ।

यो नयाँ यात्रा प्रतिबन्धले अमेरिकी सुरक्षा नीति कडा बनाउने प्रयासको स्पष्ट संकेत हो र विश्वमा विभिन्न मुलुकहरूबीच नयाँ प्रभाव पार्ने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार