Logo

२२ जेठ,जनकपुर । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम भोलि (शुक्रबार) प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ। मधेश प्रदेश सभामा प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।

प्राप्त जानकारी अनुसार, प्रदेश सरकारले यसपटक कृषिलाई विशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन लागेको छ। यो विगतका नीति तथा कार्यक्रमहरूभन्दा फरक हुने अपेक्षा गरिएको छ।

प्रदेश सरकारले विशेषगरी शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीको क्षेत्रमा व्यवसायीकरण गर्ने कार्यलाई प्रमुख प्राथमिकतामा राखेको छ। यसका साथै, आन्तरिक उत्पादन बढाउँदै युवाहरूको रोजगारी सुनिश्चित गर्ने गरी विभिन्न योजनाहरू तयार पारिएको बताइएको छ। नयाँ नीति तथा कार्यक्रमले प्रदेशको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।


सम्बन्धित समाचार