
२३ जेठ, वीरगञ्ज । ठगी, अपराधिक विश्वासघात र बैकिङ्ग कसुरमा पक्राउ परेकी पप्पु कन्ट्रक्सन पूर्व सञ्चालक हरिनारायण रौनियकारकी बुहारी श्रुती रौनियार अस्पताल भर्ना भएकी छिन् । पर्सा प्रहरीमा दर्ता रहेको मुद्दामा फरार रहेकी उनलाई अपराध अनुसन्धान महाशाखाले काठमाडौंबाट पक्राउ गरेर बिहीबार वीरगन्ज पठाएको छ ।
पक्राउ गरी पर्सा पठाईएको रौनियारलाई पर्सा जिल्ला अदालतमा उपस्थित गराई थप अनुसन्धानका लागि तीन दिनको म्याद अनुमति पाएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए । दुई महिना अगाडि पर्सा प्रहरीमा उनीविरुद्ध तीनवटा कसुर अन्तर्गत जाहेरी परेको थियो
। सोही जाहेरी बमोजिम प्रहरीले गएको २०८१ चैत २२ मा मुद्दा दर्ता गरेको थियो । अदालतबाट अनुमति पाएपछि हिरासतमा राख्न ल्याईएको रौनियारको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पतालमा भर्ना भएको प्रहरी नायव उपरीक्षक लम्सालले बताए । रौनियारको स्वास्थ्य समस्या चाहिँ के भन्ने प्रहरीले खुलाएन ।
प्रहरी नायव उपरीक्षक लम्सालले भने, ‘दीर्घ रोग हो भनिएको छ । प्रहरी कार्यालयमा आउने बेलामै बेहोस हुने अवस्थामा थिईन् । अस्पताल उपचारका लागि लगिएको छ ।’ पक्राउ परेकी रौनियारले ४ करोड ३२ लाख रुपैयाँ ठगी गरेको जाहेरीमा लेखिएको छ । धनुषा उपमहानगरपालिका वडा नम्बर–१ स्थितको रमण/विकास ब्रदर्स जेविको जाहेरीमा उनलाइ पक्राउ गरिएको हो ।
यो पनि पढ्नुहोस
पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी श्रुती रौनियार पक्राउ