
२३ जेठ,वीरगञ्ज । मधेश प्रदेश सरकारले वीरगञ्जमा रहेको नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने घोषणा गरेको छ। आज (शुक्रबार) मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷८३ का लागि आफ्नो नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा यो घोषणा गरिएको हो।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेश प्रदेश सभाको बैठकमा प्रस्तुत गरिरहेकी नीति तथा कार्यक्रममा वीरगञ्जको नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने योजना समावेश गरेकी छन्।
यसअघि संघ सरकारले ल्याएको आर्थिक वर्ष २०८२/८३ को बजेटमा वीरगन्जमा रहेको नारायणी रंगशालालाई बेवास्ता गरिएको अवस्थामा मधेश प्रदेश सरकारको यो निर्णयले खेलकुदप्रेमीहरूमा उत्साह थपेको छ। मधेश प्रदेश सरकारले खेलकुद पूर्वाधार विकासलाई प्राथमिकता दिँदै आएको सन्दर्भमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणले खेलाडीहरूलाई प्रोत्साहन मिल्नुका साथै प्रदेशको खेलकुद पर्यटनमा पनि टेवा पुग्ने विश्वास गरिएको छ।