Logo

२३ जेठ,वीरगञ्ज । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम आज (शुक्रबार) प्रदेश संसद्मा प्रस्तुत गरेको छ। प्रदेश प्रमुख सुमित्रा भण्डारीले प्रदेश सभाको बैठकमा सरकारको यो महत्वाकांक्षी कार्यक्रम प्रस्तुत गरेकी हुन्।

प्रदेश प्रमुख भण्डारीले सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमले ’आत्मनिर्भर र समृद्ध मधेश, सुखी मधेशी’ भन्ने मूल नारालाई आत्मसाथ गरेको छ। यस कार्यक्रममा आर्थिक सुधार, रोजगारी सिर्जना, कृषिको आधुनिकीकरण, शिक्षामा विकास र पूर्वाधार विकास जस्ता क्षेत्रहरूलाई उच्च प्राथमिकतामा राखिएको छ।

विशेषगरी, आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्रमुख प्राथमिकता दिइएको छ। कृषिलाई लक्षित गरी ’अझ मधेशको सान, स्थानीय मखान, आँपको बगैँचा, मधेशको समृद्धि’, ’खेत–खेतमा पानी, घरघरमा खाद्यान्नसहित आम्दानी’ र ’किसानको बार स्वयंसेवकको छहारी’ जस्ता नारासहित विभिन्न नीति तथा कार्यक्रमहरू सार्वजनिक गरिएका छन्।

कार्यक्रममा मुख्यमन्त्री सतिस सिंहले प्रदेश प्रमुख भण्डारीलाई नीति तथा कार्यक्रमको प्रति हस्तान्तरण गरेका थिए। यस कार्यक्रमले मधेश प्रदेशको समग्र विकासमा नयाँ दिशा दिने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार