Logo

२४ जेठ,विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ‘सुरक्षा सुनिश्चितता अभियान’ अन्तर्गत लागुऔषधको प्रयोग तथा ओसारपसार नियन्त्रणमा सक्रियता बढाएको छ। यसै अभियानअन्तर्गत शुक्रबार झापा, सुनसरी र इलामबाट १७ जनालाई लागुऔषधसहित पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

झापामा पाँच जना नियन्त्रणमा: झापाको मेचीनगर– १३ बाट ३५ वर्षीय लक्ष्मी सोरेन, २६ वर्षीय विष्णु मग्राती र मोरङ लेटाङका २९ वर्षीय सन्तोष परियारलाई १ ग्राम १५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ। त्यसैगरी, शिवसताक्षी नगरपालिका– १ का २६ वर्षीय प्रनिस मुखिया र २४ वर्षीय तेजबहादुर दर्जीलाई ७०० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

सुनसरीबाट नौ जना पक्राउ: सुनसरीको कोशी गाउँपालिका– १ बाट सोही स्थानका हिमालकुमार मण्डल, करणकुमार मण्डल, २१ वर्षीय दयानन्दकुमार यादवलाई पक्राउ गरिएको छ। यस्तै, इटहरी– ५ का ३३ वर्षीय अजय चौधरी, धरान– १७ का २७ वर्षीय विवेक विश्वकर्मा, संगम राई, १९ वर्षीय किरण राई, बराहक्षेत्र– ७ का २२ वर्षीय कौसल कालिकोटे र २० वर्षीय याकुव राईलाई २२ ग्राम ८१० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको कोशी प्रदेश प्रहरीले जानकारी दिएको छ।

इलाममा तीन जना पक्राउ: शुक्रबार नै इलामको इलाम नगरपालिका– ७ बाट सोही स्थानका २६ वर्षीय रूपन राई, देउमाई नगरपालिका– २ का २९ वर्षीय पासाङ शेर्पा र माई नगरपालिका– १ का २१ वर्षीय अविरल राईलाई १ ग्राम ३९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ।

पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लागुऔषध नियन्त्रणका लागि सुरक्षाकर्मीले अभियानलाई थप प्रभावकारी बनाउने बताएको छ।


सम्बन्धित समाचार