
२७ जेठ, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिकाले दुईदिन विद्यालय बिदा दिने निर्णय गरेको छ ।
उपमहानगरपालिका अन्तर्गतका विद्यालयहरूमा अत्यधिक गर्मीका कारण बालबालिकाहरू बेहोस हुन थालेपछि नगर शिक्षा समितिले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो। जेठ २७ गतेको निर्णयानुसार, २०८२ जेठ २८ गतेदेखि २०८२ जेठ ३० गतेसम्म विद्यालयहरू बन्द रहनेछन्। यो बिदा वार्षिक बिदाबाट कटौती गरिनेछ।
उपमहानगरको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख राजिव कुमार यादवले जारी गरेको सूचनामा विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै यो निर्णय गरिएको उल्लेख छ।
विद्यालयहरू २०८२ असार १ गते आइतबारदेखि नियमित रूपमा सञ्चालनमा आउनेछन्। केही दिनदेखि बढेको अत्यधिक गर्मीले बालबालिकाहरूको पठनपाठनमा समस्या हुदै आएको थियो । मंगलबार एक्कासी विद्यालयका विद्यार्थीहरु बेहोस हुन थालेपछि उपमहानगरपालिकाले विद्यालय विदा दिने निर्णय गरेको हो ।