
२७ जेठ, काठमाडौं । अस्ट्रियाको ग्राट्ज शहरको एक विद्यालयमा गोलीबारी भएको खबर प्राप्त भएको छ। अस्ट्रियाको सार्वजनिक प्रसारक ओआरएफले गृह मन्त्रालयलाई उद्धृत गर्दै विद्यालयमा भएको गोलीबारीबाट धेरै जनाको मृत्यु भएको जनाएको छ। मृत्यु हुनेमा धेरै विद्यार्थी र शिक्षकहरू रहेको बताइएको छ।
गोली चलाउने अभियुक्तले पछि विद्यालयको शौचालयमा आफैलाई गोली हानेको विश्वास गरिएको छ।
अस्ट्रियाली प्रहरीले मुख्य केन्द्रीय रेलवे स्टेशनबाट टाढा नरहेको ग्राट्ज शहरको एक संघीय उच्च माध्यमिक विद्यालयमा गोलीबारी भएको पुष्टि गरेको छ।
क्रोनेन जेइटुङ ट्याब्लोइडका अनुसार यस आक्रमणमा आठ जनाको मृत्यु भएको अनुमान गरिएको छ, यद्यपि यसको आधिकारिक पुष्टि भने अझै भइसकेको छैन। घटनाको थप विवरण आउन बाँकी छ।