
१ असार,वीरगञ्ज । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा उनीहरूविरुद्ध अभियोगपत्र दर्ता गरिएको हो ।
प्रहरीले यस प्रकरणको अनुसन्धान सकेर करिब एक महिनाअघि सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले विस्तृत अध्ययनपछि लामिछानेसहित २९ जनाविरुद्ध जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो ।
यो मुद्दा दर्ता भएसँगै रवि लामिछाने र रास्वपामाथि थप कानुनी चुनौती थपिएको छ । यस घटनाले सहकारी क्षेत्रमा देखिएका अनियमितता र त्यससँग जोडिएका उच्चपदस्थ व्यक्तिहरूमाथि अनुसन्धानको दायरा फराकिलो भएको संकेत दिएको छ ।