Logo

१२ असार, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तु निर्यात गरेबापत दिइने अनुदानका लागि १ अर्ब १९ करोड रुपैयाँ सम्बन्धित खातामा जम्मा गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको उद्योग विभागले यो रकम मंगलबार ‘निर्यात अनुदान सोधभर्ना खाता’ मा जम्मा गरेको हो। यस रकमबाट निर्यातमुखी उद्योगहरूले विगतका बक्यौता र चालू आर्थिक वर्षको चैत महिनासम्मको निर्यातको आधारमा नेपाल राष्ट्र बैंकमार्फत अनुदान प्राप्त गर्नेछन्।

अपर्याप्त रकम र बढ्दो बक्यौता

पछिल्ला चार वर्षदेखि निर्यात अनुदान वितरणमा ढिलाइ हुँदै आएको छ। यस वर्ष जम्मा गरिएको रकम पनि आवश्यक कुल अनुदानको तुलनामा निकै कम भएको उद्योग विभागले जनाएको छ। विभागका अनुसार हालसम्म ६ अर्ब रुपैयाँ बराबरको अनुदानका लागि निवेदन परेको छ, जसमध्ये २ अर्ब ७२ करोड रुपैयाँ स्वीकृत भइसकेको छ।

हाल सरकारले ३६ प्रकारका वस्तु निर्यात गरेबापत ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गरेको छ। तर, अनुदान दिने वस्तु र प्रतिशत क्रमशः बढाइए पनि पर्याप्त बजेट विनियोजन नहुँदा निर्यात अनुदानको बक्यौता रकम हरेक वर्ष बढ्दै गएको छ। यसले आगामी वर्षदेखिको अनुदान प्रक्रियामा थप अन्योल सिर्जना गरेको छ।


सम्बन्धित समाचार