
१२ असार, काठमाडौं । काठमाडौं उपत्यकामा खोला किनारबाट ४० मिटरभित्र कुनै पनि संरचना बनाउन नपाइने सरकारी मापदण्डविरुद्ध प्रभावित स्थानीयहरूले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
उनीहरूले गैर न्यायिक, गैर संवैधानिक खोला मापदण्ड खारेज गर’ भन्दै खबरदारी गरेका हुन्। सर्वोच्च अदालतले २०६५ मंसिर १ गते खोला किनारमा २० मिटर खुला क्षेत्र छाड्न आदेश दिएको थियो। पछि २०८० पुस ३ गते सर्वोच्चले थप २० मिटर अर्थात् कूल ४० मिटर खुला छाड्नुपर्ने गरी परमादेश जारी गरेको थियो। यसै परमादेशलाई कार्यान्वयन गर्न काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेपछि स्थानीयहरू प्रभावित भएका छन्।