Logo

१२ असार, काठमाडौं । नेपाल सरकारले लागूऔषध दुरुपयोग र अवैध ओसारपसार नियन्त्रणका लागि आगामी आर्थिक वर्षमा छुट्टै विभाग स्थापना गर्ने भएको छ।

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले यो जानकारी दिएका हुन्। गृहमन्त्री लेखकले लागूऔषध नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको बताए। कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापाले लागूऔषध दुर्व्यसनी नियन्त्रणका लागि सबैको ऐक्यबद्धता आवश्यक रहेको भन्दै नेपाल प्रहरीले उपत्यकाभर लागूऔषध रोकथाम र नियन्त्रण अभियानलाई सशक्त ढंगले अघि बढाइरहेको जानकारी दिए।


सम्बन्धित समाचार