Logo

१३ असार, काठमाडौँ। सिन्धुपाल्चोकमा एक किशोरीको सामूहिक बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानले निष्कर्ष निकालेको छ । जिल्लाको भोटेकोशी गाउँपालिका–५ कोलगाउँमा असार ११ गते मृत फेला परेकी १६ वर्षीया निशा तामाङको सामूहिक बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानले निष्कर्ष निकालेको हो ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। सिन्धुपाल्चोकका एसपी रामेश्वर कार्कीका अनुसार निशाको शव घरबाट करिब ४ सय मिटर पर जङ्गलमा भेटिएको थियो। प्रारम्भिक अनुसन्धानमा मदिरा सेवन गरेका ५ जनाले पालैपालो बलात्कार गरेर उनको हत्या गरी छ्यादिखोला जङ्गलमा शव फालेर भागेको खुलेको छ।

प्रहरीले घटनाको अनुसन्धानका लागि काठमाडौँबाट तालिमप्राप्त कुकुरसमेत परिचालन गरेको थियो। प्रहरी प्रधान कार्यालयस्थित केनाइन कार्यालयका इन्स्पेक्टर कृष्ण बस्नेतको कमान्डमा दुई वटा तालिम प्राप्त कुकुरलाई घटनास्थलमा खटाइएको थियो।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले शुक्रबार पत्रकार सम्मेलनमार्फत यस घटनाको विस्तृत जानकारी गराउँदैछ।


सम्बन्धित समाचार