Logo

१३ असार, काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१२ बाँसडोलस्थित चाइनिज इँटाभट्टामा छानोबाट खसेर एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा रोल्पा जिल्ला माडी-६ का ४२ वर्षीय अमृत घर्तीमगर रहेका छन्।

प्रहरी चौकी साँगाका हवल्दार बेलबहादुर श्रेष्ठका अनुसार घर्तीमगर इँटाभट्टामा रहेको ट्रसको जस्ताको छानोबाट पानी चुहिएपछि प्लास्टिक ओढाउने क्रममा चिप्लिएर लडेका थिए। गम्भीर घाइते भएका घर्तीमगरलाई उपचारका लागि शिर मेमोरियल अस्पताल बनेपा पुर्‍याइएको थियो, जहाँ उपचारकै क्रममा उनको निधन भएको हो।


सम्बन्धित समाचार