Logo

१७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरेको छ।

रास्वपाले कुलिङ पिरियडमा भएको गलत कार्यको जिम्मेवारी लिन सभापति रामहरि खतिवडालाई आग्रह गर्दै राजिनामाको माग गरेको हो ।  रास्वपाका प्रवक्ता मनिष झा ले सामाजिक सञ्जालमार्फत खतिवडालाई सीधा प्रश्न गरेका छन् ‘राज्य व्यवस्था समितिका सभापति ज्यू, निजामती विधेयकमा, तपाईंले संघीय सदनको रोस्टमबाट टेबुल गरेको भन्दा फरक कुरा कसरी आयो’? उनले खतिवडालाई कि त त्रुटि सुधार्न वा आफूले गरेको नालायकीपन स्वीकार गरेर समितिबाट राजीनामा दिन सुझाव दिएका छन्।

प्रवक्ता झाले विधेयक नपढी नै हुन्छ वा हुँदैन भन्ने सांसदहरूलाई समेत ‘कुरी कुरी’ भन्दै कटाक्ष गरेका छन्। यसले विधेयक पारित प्रक्रियामा देखिएको लापरबाहीप्रति रास्वपाको असन्तुष्टि प्रस्ट पारेको छ।


सम्बन्धित समाचार