Logo

१७ असार, काठमाडौं । भारतको कर्नाटक राज्यस्थित हसन जिल्लामा एक महिनाभित्रै १८ जनाको हृदयाघातका कारण मृत्यु भएको छ।

मृतकहरूको उमेर १८ देखि ४० वर्षभित्र रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। यो असामान्य घटनाले चिन्ता बढाएपछि कर्नाटकका स्वास्थ्यमन्त्री दिनेश गुन्डु रावले यसको अनुसन्धानका लागि आदेश दिएका छन्।

स्वास्थ्यमन्त्री रावले भने, ‘हामीलाई जानकारी हुनासाथ हामीले अनुसन्धानको आदेश दिएका छौँ। हामी जान्न चाहन्छौँ यसको पछाडिको कारण के हो?’ उनले एउटै जिल्लामा हृदयाघातबाट यति धेरै युवाको मृत्यु हुनु अत्यन्तै चिन्ताजनक भएको बताए।


सम्बन्धित समाचार