Logo

१९ असार,काठमाडौं । भारतको हिमाचल प्रदेशमा मनसुनका कारण निम्तिएको विपद्ले जनजीवन अस्तव्यस्त बनाएको छ। प्रदेशको विपद् व्यवस्थापन तथा राजस्व विभागका विशेष सचिव डीसी राणाले दिएको जानकारीअनुसार वर्षाका कारण हालसम्म ३० जनाको मृत्यु भइसकेको छ भने ३४ जना बेपत्ता छन्।

विशेष सचिव राणाले जुन १९ मा हिमाचल प्रदेशमा मनसुन भित्रिएदेखि नै लगातार वर्षा भइरहेको बताएका छन्। उनले बुधबार मात्र मन्डी जिल्लामा १० जनाको ज्यान गएको जानकारी दिए।

जुन २९ र ३० मा विशेषगरी सम्पूर्ण क्षेत्रमा भारी वर्षा भएको थियो, जसले गर्दा ठूलो क्षति भएको छ। राणाका अनुसार धेरै ठाउँमा बादल फुटेर विनाश भएको रिपोर्टहरू प्राप्त भएका छन्।

हिमाचल प्रदेशको मन्डी क्षेत्रमा भएको भारी वर्षाका कारण ब्यास नदीमा बाढी आएको छ। यसैलाई मध्यनजर गर्दै भारतको मौसम विज्ञान विभाग (क्ष्ःम्) ले राज्यभर रेड अलर्ट जारी गरेको छ। मनसुनको थप प्रभाव र उद्धार कार्य जारी रहेकाले मृतक र बेपत्ताको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।


सम्बन्धित समाचार