Logo

२३ साउन, सप्तरी । करेन्ट लागेर सप्तरीको रुपनी गाउँपालिका–३ कटैयामा शुक्रबार बिहान एकजनाको ज्यान गएको छ ।

स्थानीय शम्भुकुमार इसरको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। करेन्ट लागेको उनको घटनास्थलमै ज्यान गएको छ ।

उनका अनुसार ४२ वर्षीय इसरको गाउँकै धान खेतमा लगाइएको विद्युत् मोटर खोल्ने क्रममा त्यहाँ रहेको नाङ्गो तारमा छुँदा करेन्ट लागेको थियो ।


सम्बन्धित समाचार