२७ साउन, रुपन्देही । रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश दिएको छ।
मंगलबार न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका लामिछानेलाई थुनामै राख्ने निर्णय सुनाएको हो।
यसअघि लामिछानेले बिगो स्वीकार गर्दै थुनाबाहिरबाट मुद्दा लड्न पाउने व्यवस्था मिलाइदिन अदालतमा निवेदन दिएका थिए। तर, अदालतले उक्त निवेदन खारेज गर्दै उनलाई कारागारमै राख्ने आदेश जारी गरेको हो ।
लामिछानेविरुद्ध सुप्रिम सहकारी संस्थासँग सम्बन्धित ठगी मुद्दा रुपन्देही जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ।




















