Logo

२४ भदौ, काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमपछि स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आफ्नो पदबाट राजीनामा दिने भएका छन्।

उनले देशको वर्तमान अवस्थामा सरकारमा बस्नु उचित नभएको भन्दै यो निर्णय लिएको बताएका हुन्। यस्तो परिस्थितिमा सरकारमा बस्न सकिएन। राजीनामा दिँदैछु,पौडेलले भने।

पौडेलको यो घोषणा कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा दिने घोषणा गरेको केही समयपछि आएको हो । यस घटनाले सरकारभित्र आन्तरिक असन्तुष्टि बढ्दै गएको सङ्केत गर्दछ।


सम्बन्धित समाचार