Logo

२४ भदौ, काठमाडौं । नयाँ पुस्ताका युवा जेनजीको प्रदर्शनमा प्रहरी दमनको विरोधमा आज देशैभर आन्दोलन चर्किएको छ।

कर्फ्यू आदेशलाई बेवास्ता गर्दै देशभरका विभिन्न स्थानमा युवाहरूले प्रदर्शन जारी राखेका छन्। काठमाडौं उपत्यकाका तीनै जिल्लामा कर्फ्यू लगाइएको भए पनि प्रदर्शन रोकिएको छैन। विशेषगरी चक्रपथभित्र कर्फ्यू आदेश जारी गरिए पनि युवाहरू सडकमा उत्रिएका छन्।

ललितपुरमा सञ्चारमन्त्रीको घरमा आगजनी भएको खबर छ। यसैगरी, सोमबार प्रहरीले गोली चलाएको नयाँ बानेश्वर क्षेत्रमा पनि बिहानैदेखि प्रदर्शन भइरहेको छ। प्रदर्शनकारीहरूले सातदोबाटो र कलंकीमा सडकमा टायर बालेर आफ्नो विरोध जनाइरहेका छन्।

विकास श्रेष्ठले खिचेका सातदोबाटो र कलंकीका केही तस्बिरहरूले आन्दोलनको अवस्था झल्काउँछन्।

 


सम्बन्धित समाचार