Logo

२४ भदौ, काठमाडौँ । राजधानीमा लागू भएको कर्फ्युलाई बेवास्ता गर्दै युवा पुस्ता (जेन-जी) ले आज काठमाडौँको भित्री भागमा समेत सरकारविरुद्ध सशक्त प्रदर्शन गरेका छन्।

टेकु, कुलेश्वर र कालीमाटी क्षेत्रमा जम्मा भएका युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग गर्दै सोमबारको घटनामा संलग्न दोषीमाथि कारबाहीको माग गरेका छन् । प्रदर्शनकारीहरूको आक्रोशले बल्खुस्थित प्रहरी बिटमा तोडफोड भएको छ। सरकारविरोधी चर्को नाराबाजीले त्यस क्षेत्रको वातावरण तनावपूर्ण बनेको छ।

बल्खु र कालीमाटीमा अहिले पनि व्यापक प्रदर्शन जारी छ। युवाहरूको यो विद्रोहले सरकारलाई गम्भीर चुनौती दिएको छ।


सम्बन्धित समाचार