Logo

२४ भदौ, काठमाडौं । नेपालमा राजनीतिक अस्थिरता र आन्दोलनले उग्र रूप लिइरहेका बेला भारतले यस घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएको छ।

भारतीय विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै मित्र र छिमेकीको हैसियतमा सबै सरोकारवालालाई शान्तिपूर्ण तरिका र संवादमार्फत समस्या समाधान गर्न आग्रह गरेको छ। यसलाई नेपालको आन्तरिक मामिलामा भारतको संयमित र कूटनीतिक प्रतिक्रियाका रूपमा हेरिएको छ। विज्ञप्तिमा धेरै युवाले ज्यान गुमाएकोमा दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना र घाइतेहरूको स्वास्थ्य लाभको कामना गरिएको छ।

साथै, काठमाडौंलगायत विभिन्न सहरमा जारी निषेधाज्ञालाई ध्यानमा राख्दै भारतले नेपालमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन र स्थानीय अधिकारीका निर्देशनहरू पालन गर्न सुझाव दिएको छ।


सम्बन्धित समाचार