Logo

२४ भदौ, काठमाडौं । जेन-जीको आन्दोलनमा सरकारले गरेको दमनले अब संसद्‌मा पनि विद्रोहको रूप लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसद असीम शाहले आज सांसद पदबाट राजीनामा दिएका छन् ।

उनले सरकारले शान्तिपूर्ण प्रदर्शनमा समेत गोली चलाएको भन्दै यो ुअमानवीय कदमु आफ्नो विवेक र जनताप्रतिको उत्तरदायित्व विपरीत भएको बताएका छन्। शाहले आफ्नो विज्ञप्तिमा संसदलाई पटक(पटक युवाको आवाजबारे सचेत गराए पनि सरकारले कहिल्यै गम्भीरतापूर्वक नलिएको गुनासो गरेका छन्।

संसदमा बसेर चुप लाग्नु आफ्नो पुस्ता, मतदाता र देशको भविष्यसँग ठूलो विश्वासघात हुने निष्कर्ष निकाल्दै उनले यो निर्णय गरेको बताएका छन्। शाहले अब आफू सडकमा उत्रेर जेन-जी पुस्ताका साथमा आन्दोलनमा सहभागी हुने घोषणा गरेका छन्।


सम्बन्धित समाचार