२४ भदौ, काठमाडौं । भक्तपुरको बालकोटमा गोली चलेको छ। गोली लागेर दुई जना घाइते भएका छन्।
प्रदर्शनकारीहरूको एक समूह प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासतर्फ अघि बढिरहेका बेला यो घटना भएको हो।
घटनाको थप विवरण आउन बाँकी छ, तर यसले प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको तनाव बढेको संकेत गर्छ।


















