भक्तपुर, भदौ २४ – जेनजी पुस्ताको आन्दोलनले उग्र रूप लिँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरस्थित बालकोट निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन्।
अहिले ओली निवासबाट धुवाँको ठूलो मुस्लो निस्किरहेको छ र त्यस क्षेत्रमा ठूलो संख्यामा प्रदर्शनकारीहरू भेला भएका छन् ।
यो घटनाले सरकार र प्रदर्शनकारीबीचको तनाव थप बढेको देखाएको छ। सोमबारको प्रदर्शनमा भएको हिंसात्मक दमनपछि सुरु भएको आन्दोलन आज देशभर चर्किरहेको छ र यसले राजनीतिक नेतृत्वलाई थप दबाब दिएको छ।


















