Logo

काठमाडौं, भदौ २४ – जेनजी पुस्ताको आन्दोलनले देशभर हिंसात्मक रूप लिन थालेपछि सरकारले मन्त्रीहरूलाई सुरक्षित स्थानमा सार्न सुरु गरेको छ।

आज दिउँसो ललितपुरको भैंसेपाटीस्थित मन्त्री निवासबाट मन्त्रीहरूलाई नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी काठमाडौं उपत्यकाभित्रकै गोप्य स्थानमा लगिएको सुरक्षा निकायका एक उच्च अधिकारीले जानकारी दिएका छन्।

सोमबारको प्रदर्शनमा काठमाडौं र इटहरीमा १९ जनाको मृत्यु भएपछि आन्दोलन झनै उग्र बनेको छ। राजनीतिक नेताहरूका घर र पार्टी कार्यालयहरूमा समेत आक्रमण हुन थालेपछि सरकारले मन्त्रीहरूको सुरक्षालाई लिएर यो कदम चालेको हो।


सम्बन्धित समाचार