काठमाडौं, भदौ २४ । देशमा चुलिएको आन्दोलन र आगजनीका घटनाले हवाई सुरक्षामा जोखिम बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा बन्द गरिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारलगायतका क्षेत्रमा लगातार भइरहेको आगलागी र समग्र परिस्थिति हवाई उडानका लागि प्रतिकूल बन्दै गएपछि यो निर्णय लिइएको हो ।
अधिकारीहरूले आकाशमा रहेका केही जहाजलाई अवतरण गराएपछि बाँकी सबै उडान रद्द गरी विमानस्थल बन्द गरेका छन् । अहिले विमानस्थलको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ। यो घटनाले जेनजी आन्दोलनको प्रभाव राष्ट्रिय पूर्वाधारमा पनि पर्न थालेको देखाउँछ।


















