२४ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेसका नेता शेखर कोइरालाको समूहले सरकारबाट बाहिरिने निर्णय गरेसँगै पौडेलले राजीनामा दिएको बताइएको छ।
राजीनामा दिँदै पौडेलले देशको पछिल्लो राजनीतिक घटनाक्रमले सरकारमा रहिरहने अवस्था नरहेको बताएका छन्। यसअघि कांग्रेसकै तर्फबाट कृषिमन्त्री रहेका रामनाथ अधिकारीले पनि पदबाट राजीनामा दिने घोषणा गरिसकेका छन्।
कांग्रेस नेता शेखर कोइरालाले आफ्नो समूहका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएपछि यो कदम चालिएको हो। यसले वर्तमान सत्ता गठबन्धनमा थप हलचल ल्याएको छ।


















