Logo

२४ भदौ, काठमाडौं । देशभर जेन-जी आन्दोलनले चर्किरहेको बेला मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन्।

प्रदर्शनका क्रममा नागरिकको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै उनले नैतिकताका आधारमा यो कदम चालेको बताएका छन्।

राजीनामा दिँदै सिंहले भने, ‘जनताको जीवनभन्दा ठूलो अरू केही छैन । नागरिककै जीवन सुरक्षित गर्न नसकेको वर्तमान परिस्थितिमा मैले आत्मसम्मानपूर्वक यो निर्णय लिएको हुँ।’ उनले शान्तिपूर्ण आन्दोलनको अधिकारलाई सम्मान गर्दै समस्या समाधानका लागि संवाद नै एक मात्र बाटो भएको विश्वास व्यक्त गरेका छन्।

जनताको विश्वास र मतबाट जनप्रतिनिधि बन्नुलाई आफ्नो लागि गौरवको विषय मान्ने सिंहले यो महत्त्वपूर्ण जिम्मेवारी दिएकोमा जनमत पार्टीका अध्यक्ष डा। सिके राउत र पार्टीका सम्पूर्ण सदस्यहरूप्रति आभार प्रकट गरेका छन्।


सम्बन्धित समाचार