Logo

२४ भदौ, काठमाडौं । जेनजी आन्दोलनले देशभरि हंगामा मच्चाइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका २० जना सांसदले सरकारविरुद्ध सामूहिक राजीनामा दिएका छन् ।

आन्दोलनमा भएको दमन र युवाहरूको ज्यान गएको विरोधमा उनीहरूले यस्तो कदम चालेका हुन् । रास्वपाले एक विज्ञप्ति जारी गर्दै वर्तमान सरकारको औचित्य समाप्त भएको घोषणा गरेको छ । उनीहरूले ५ बुँदे माग पनि अघि सारेका छन् ।

१.प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने ।
२.घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने ।
३.सर्वपक्षीय नागरिक सरकार गठन गर्नुपर्ने ।
४. प्रधानमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री र काठमाडौँका प्रमुख जिल्ला अधिकारीलाई बर्खास्त गरी हिरासतमा लिएर कडा कारबाही गर्नुपर्ने ।
५.  संविधान संशोधनको प्रक्रिया सुरु गर्नुपर्ने ।

रास्वपाले आन्दोलनमा मारिएका युवाहरूको हत्याको घोर निन्दा गर्दै घाइतेहरूको निःशुल्क उपचारको मागसमेत गरेको छ ।


सम्बन्धित समाचार