२४ भदौ, काठमाडौं । जेनजी आन्दोलनले राजनीतिमा ठूलो हलचल ल्याएको छ।
यसै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सबै सांसदले सामूहिक राजीनामा दिएका छन् । पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले संघीय र प्रादेशिक दुवै तहका सबै सांसदहरूले राजीनामा दिएको जानकारी दिए ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २० जना सांसदहरुले पनि राजिनामा दिएका छन् । देशभर भइरहेको जेनजी आन्दोलनको प्रभावस्वरुप प्रमुख राजनीतिक दलहरूमा हलचल मच्चिएको छ ।


















