भदौ २४, काठमाडौं । आज काठमाडौंमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले सर्वोच्च अदालतमा समेत आगजनी गरेका छन् ।
सिंहदरबारमा आगजनी गरेपछि आक्रोशित भीड सर्वोच्च अदालततर्फ अघि बढेको थियो । प्रदर्शनकारीहरूले बिहानैदेखि शीर्ष नेताका निवास, कार्यालय, प्रहरी कार्यालय, संसद् भवनलगायतमा तोडफोड र आगजनी गरेका थिए । यस प्रकारका घटनाले राजधानीमा तनावको स्थिति सिर्जना भएको छ । यद्यपि, प्रहरीले स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।


















