Logo

११ असोज, धनगढी।धनगढीमा बिहीबार साँझदेखि बेपत्ता भएकी एक ११ वर्षीया बालिका शुक्रबार साँझ मोहना नदीमा मृत अवस्थामा फेला परेकी छन्।
धनगढी उपमहानगरपालिका–३ चटकपुर बस्ने सुमित्रा राना नदीमा डुबेको अवस्थामा भेटिएकी हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार बालिकाको शव निर्वस्त्र अवस्थामा भेटिएको छ भने घटनास्थलभन्दा करिब दुई सय मिटरको दूरीमा उनका कपडा फेला परेको जानकारी दिएका छन्।

घटनाको प्रकृति शंकास्पद देखिएको हुँदा विस्तृत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। बालिकाको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

परिवारले घटनामा आपराधिक संलग्नता हुनसक्ने आशंका गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन्।
प्रहरीले घटनाको सम्पूर्ण पृष्ठभूमि खोतल्न अनुसन्धान तीव्र बनाएको जनाएको छ।


सम्बन्धित समाचार