Logo

१२ असोज, काठमाडौं । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन आयोजना गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ।

वि.सं. २०३३ मा तत्कालीन नेता बिपी कोइरालाले निर्वासनबाट स्वदेश फर्केर ‘राष्ट्रिय एकता तथा मेलमिलाप’को नीति ल्याएपछि कांग्रेसले सो सम्झनामा प्रत्येक वर्ष कोजाग्रत पूर्णिमामा चियापान कार्यक्रम गर्दै आएको थियो।

तर, यस वर्ष पछिल्ला राजनीतिक घटनाक्रम, जनमानसमा व्याप्त शोक र पार्टी कार्यालयमा भएको आगजनीका कारण पार्टीले कार्यक्रम स्थगित गरेको हो। पार्टी केन्द्रीय कार्यालय सानेपाबाट आज जारी विज्ञप्तिमा उल्लेख छ कि यस्तो संवेदनशील अवस्थामा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्नु उपयुक्त नहुने निष्कर्षमा पार्टी पुगेको छ।

कांग्रेसले जनभावनाको सम्मान गर्दै चियापान कार्यक्रम स्थगित गरेको जनाएको छ।


सम्बन्धित समाचार