१२ असोज, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ले नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।
साम्पाङले ‘राष्ट्रिय संस्कृति पार्टी’ नामक पार्टी दर्ताका लागि आवश्यक कागजातसहित आफैं उपस्थित भएर आयोगमा निवेदन दर्ता गराएका हुन्।
निर्वाचन आयोग स्रोतका अनुसार हाल उक्त निवेदनका कागजातहरू रुजु गर्ने प्रक्रिया अगाडि बढाइएको छ।
‘उहाँले आफैं उपस्थित भएर दल दर्ताका लागि निवेदन दिनुभएको छ, हामी अहिले कागजात रुजु गर्ने प्रक्रियामा छौं,’ आयोग स्रोतले जानकारी दियो।
साम्पाङले यसअघि नगर प्रमुखको रूपमा स्वतन्त्र उम्मेदवारका रूपमा चर्चित सफलता पाएका थिए। नयाँ दलको नाम, उद्देश्य र भावी योजनालाई लिएर राजनीतिक वृत्तमा चासो बढ्दै गएको छ।

















