Logo

१२ असोज,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-१६ बाट करिब ३० ग्राम ब्राउनसुगर जस्तो देखिने अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा पोखरिया नगरपालिका-९ सेनवारी बस्ने २५ वर्षीय गौरी शंकर प्रसाद चौहान र भारत मोतिहारी नगरको मोतिहारी बस्ने २८ वर्षीय भिम सहनी रहेका छन्।

अस्थायी प्रहरी पोष्ट ईनर्वागाउँबाट खटिएको प्रहरीले रक्सौलबाट ईनर्वा गाउँतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको जनाएको छ।

प्रहरीले थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।


सम्बन्धित समाचार