Logo

१४ असोज,काठमाडौं। पूर्वसभामुख कृष्णबहादुर महरा र ओनसरी घर्ती, साथै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले सरकारी गाडी फिर्ता गरेका छन्। सरकारले पूर्वपदाधिकारीहरूलाई कानुनमा नभएका सेवा सुविधा फिर्ता गर्न आग्रह गरेपछि उनीहरूले यो कदम चालेका हुन्।

अर्थमन्त्री रामेश्वर खनालले आज (मंगलबार) यसबारे जानकारी दिएका हुन्। उनले भने, “कानुनमा सवारीसाधनको सुविधा दिने प्रबन्ध नभए पनि लिइरहनुभएका पूर्वसभामुख तथा राष्ट्रिय सभा अध्यक्षहरूमध्ये कृष्णबहादुर महरा, ओनसरी घर्ती र गणेशप्रसाद तिमिल्सिनाले सवारीसाधन फिर्ता गर्नुभएको आधिकारिक जानकारी प्राप्त भएको छ।“

सरकारले केही समयअघि पूर्वपदाधिकारीहरूलाई कानुनविपरीत उपभोग गरिरहेका सेवासुविधाहरू फिर्ता गर्न निर्देशन दिएको थियो। यसै सन्दर्भमा यी तीन जनाले सरकारी गाडी फिर्ता गरेका हुन्।


सम्बन्धित समाचार