Logo

३० असोज, इटहरी । इटहरीमा श्रीमतीको हत्या गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन्। खोटाङ ऐसेलुखर्क गाउँपालिका–१ की २५ वर्षीया अनिशा भट्टराईको हत्या अभियोगमा उनका श्रीमान् सुमन दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

सुनसरी प्रहरी प्रमुख एसपी केशव थेबेका अनुसार अनिशा भट्टराई लोक सेवा आयोगको तयारीका लागि इटहरी उपमहानगरपालिका–१२ मा डेरा गरी बसिरहेकी थिइन्। सोमबार साँझ उनलाई भेट्न आएका श्रीमान सुमनसँग घरेलु विषयमा विवाद भएपछि काठको बटमले टाउकोमा प्रहार गरेका थिए। आक्रमणबाट गम्भीर घाइते भएकी अनिशालाई तत्काल विराटनगरस्थित अस्पताल लगिएको भए पनि उपचारकै क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आरोपी सुमन दाहाल शिक्षक हुन्। पाँच–छ वर्षको प्रेम सम्बन्धपछि गएको वैशाखमा उनीहरूबीच विवाह भएको थियो।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी बताउँछ।


सम्बन्धित समाचार