Logo

२४ असोज, काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरको गुण्डुमा बैठक जारी छ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति,पार्टीका आन्तरिक विषयको व्यवस्थापन, जेनजी आन्दोलनपछि पार्टीको अवस्था र आसन्न केन्द्रीय कमिटीका एजेन्डाबारे छलफल हुने सो पार्टीले जनाएको छ ।

यस्तै बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रदेश,जिल्ला र प्रवासका अध्यक्षहरूसँग गर्नुभएको भर्चुअल बैठकको जानकारी, वर्तमान सरकारले लिन सक्ने कदम,निर्वाचनको सम्भावनाका बारेमा पनि जानकारी गराउने बताइएको छ । अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक रहेको भन्दै उक्त सरकारले विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापना गर्न पार्टीले पहल गर्ने बताएका छन् ।


सम्बन्धित समाचार