Logo

२४ असोज,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० अन्तर्गत लालपर्सास्थित स्वास्थ्य चौकीमा शुक्रबारदेखि स्वास्थ्य प्रयोगशाला (ल्याब) सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। वडाध्यक्ष मनोजकुमार यादवले ल्याबको उद्घाटन गरेसँगै सेवा सुरु भएको हो।

ल्याब सञ्चालनमा आएपछि अब वडा नम्बर ३० का बासिन्दालाई रगत, दिशा र पिसाबको सामान्य परीक्षणका लागि वीरगञ्ज शहर धाउनु नपर्ने वडाध्यक्ष यादवले जानकारी दिए। उनका अनुसार गाउँमै सर्वसुलभ शुल्कमा ल्याब सेवा उपलब्ध गराउने उद्देश्यले ल्याब स्थापना गरिएको हो।

ल्याबका इन्चार्ज आदित्य चौरसियाका अनुसार, ल्याबमार्फत ३७ प्रकारका परीक्षण सेवा उपलब्ध हुनेछ। यी सेवामा रगत, पिसाब र दिशासम्बन्धी परीक्षणहरू समावेश छन्।

विशेषगरी मलेरिया, डेंगु र एचआईभीको परीक्षण निःशुल्क उपलब्ध गराइनेछ भने एकल महिलाका लागि सबै प्रकारका परीक्षण निःशुल्क हुने वडाध्यक्ष यादवले जानकारी दिए।

स्थानीय स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यसहित सञ्चालनमा ल्याइएको यो ल्याबले ग्रामीण भेगका नागरिकलाई समय र खर्च दुबैमा राहत पु¥याउने अपेक्षा गरिएको छ।

 


सम्बन्धित समाचार