Logo

२७ असोज, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारको परिसूचक नेप्सेमा उत्साहजनक सुधार देखिएको छ ।

नेप्से परिसूचक ४४ दशमलव २५ अंकले बढेर २५४७ अंकमा कायम भएको छ । कारोबार खुल्दा सामान्य उतारचढाव देखिए पनि दिनको साढे १२ बजेपछि बजारले बलियो वृद्धिको लय समातेको थियो ।
समग्र बजारमा सकारात्मक माहोल छाए पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिन ६ अर्ब ७० करोडको कारोबार भएकोमा आज घटेर ४ अर्ब ९७ करोडमा सीमित भयो । यद्यपि, आज २०० कम्पनीको मूल्य बढ्नु र ४४ कम्पनीको मात्र घट्नुले बजारको मनोविज्ञान सकारात्मक रहेको देखाउँछ। ८ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

आज कारोबार भएका सबै समूहगत सूचकमा हरियाली छायो । अन्य समूह सबैभन्दा धेरै ५.०१ प्रतिशतले बढ्यो भने होटल तथा पर्यटन, व्यापार, लगानी र हाइड्रोपावर समूहमा पनि उत्साहजनक वृद्धि देखियो । बीमा समूहहरू(जीवन र निर्जीवन)  मा पनि क्रमशः १.९२ प्रतिशत र १.४४ प्रतिशतको सुधार आएको छ ।

आज नेपाल माइक्रोइन्स्योरेन्स, नेपाल पुनर्बीमा र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य सर्वाधिक १० प्रतिशतले बढ्यो । धेरै कारोबार भएका कम्पनीहरूको सूचीमा एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा र सीईडीबी होल्डिङ्स अग्रस्थानमा रहेका छन् ।

 


सम्बन्धित समाचार
भर्खरै