२८ असोज, काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक छलाङ मार्दै हालसम्मकै उच्च बिन्दु कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको भाउ एकैदिन ८,१०० ले बढेर प्रतितोला २ लाख ४८ हजार ५०० पुगेको छ । सोमबार प्रतितोला २ लाख ४० हजार ४०० मा कारोबार भएको सुनको यो मूल्य नेपाली इतिहासमै कीर्तिमानी हो । सुनसँगै चाँदीको मूल्यले पनि उच्चतम रेकर्ड बनाएको छ, जुन बढेर प्रतितोला ३,२२५ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको उच्च मूल्यवृद्धिको प्रत्यक्ष असरका कारण नेपाली बजारमा यो अभूतपूर्व वृद्धि आएको र यसले सुनचाँदीको खरिदबिक्रीमा ठूलो प्रभाव पार्ने अनुमान गरिएको व्यवसायीहरूको भनाइ छ।
















