Logo

२८ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदीको मेडालियन (सिक्का) को बिक्री वितरण दर र खरिद संख्या तोकेको छ ।

केन्द्रीय बैंकले हाल चार प्रकारका चाँदीका सिक्काहरू बिक्री वितरण गरिरहेको छ । राष्ट्र बैंकले तोकेअनुसार, यी सबै सिक्काको तौल १० ग्राम रहेको छ भने प्रति सिक्काको मूल्य ३ हजार तोकिएको छ । खरिदकर्तालाई प्रोत्साहित गर्दै बैंकले एक जनालाई एउटा मात्र सिक्का किन्न पाउने व्यवस्था गरेको छ । हाल बिक्रीमा रहेका चाँदीका मेडालियनहरूमा लक्ष्मी मेडालियन, गणेश मेडालियन, गजलक्ष्मी मेडालियन र गाई मेडालियन रहेका छन् ।

चाँदीको सिक्का खरिद गर्न चाहने व्यक्तिहरूका लागि केन्द्रीय बैंकले परिचयपत्र अनिवार्य गरेको छ । खरिदका क्रममा नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको कुनै पनि अन्य परिचयपत्र आवश्यक पर्ने राष्ट्र बैंकले जनाएको छ ।


सम्बन्धित समाचार