Logo

१३ कात्तिक,काठमाडौं । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आजको खेलमा नेपालले युएईलाई २३४ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २३३ रनमा सबै विकेट गुमायो।

नेपालका कप्तान रोहितकुमार पौडेलले शानदार प्रदर्शन गर्दै १०९ रनको शतक बनाएका छन्। यसका अतिरिक्त आसिफ शेखले ३५, आरिफ शेखले २७ र दीपेन्द्रसिंह ऐरीले २३ रन योगदान गरे।

युएईका लागि जाहिद अलीले चार, जुनैद सिद्दिकीले तीन तथा मोहम्मद रोहिद र हैदर अलीले समान एक–एक विकेट लिए। केहीबेरमा युएईले जवाफी ब्याटिङ सुरु गर्दैछ।

लिग–२ को तालिकामा नेपाल १७ खेलमा १२ अङ्कसहित सातौं स्थानमा छ भने युएई १७ खेलमा ८ अङ्कसहित पुछारमा रहेको छ। यस श्रृंखलामा नेपालले पहिलो खेलमा अमेरिका समक्ष पराजय भोगेको थियो।

तालिकामा अमेरिका २२ खेलमा ३२ अङ्कसहित शीर्ष स्थानमा छ। २४ खेलमा ३० अङ्कसहित स्कटल्याण्ड दोस्रो र समान खेलमा २८ अङ्कसहित नेदरल्यान्डस् तेश्रो स्थानमा छन्।

नेपालले लिग–२ अन्तर्गत यस श्रृंखलाको तेस्रो खेल पर्सि शनिवार अमेरिका र त्यसपछि बुधवार यूएईसँग खेल्नेछ।


सम्बन्धित समाचार
भर्खरै