Logo

१७ कात्र्तिक, काठमाडौँ । नेपाली राजनीतिमा ‘ध्रुवीकरण’ को नयाँ आयाम थपिएको छ । गोपाल किराँती नेतृत्वको देशभक्त समाजवादी मोर्चा अन्ततः नेकपा माओवादी केन्द्रमा समाहित भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मोर्चाका अध्यक्ष गोपाल किराँतीले एक सहमती पत्र सार्वजनिक गर्दै मोर्चा औपचारिक रूपमा माओवादी केन्द्रमा विलय भएको पुष्टि गरेका छन् । दुई पक्षबीचको यो महत्त्वपूर्ण सहमति गत कात्तिक १५ गते नै सम्पन्न भए तापनि त्यसको आधिकारिक घोषणा र पत्र सार्वजनिक भने आजै गरिएको हो । हाल नेपाली राजनीतिमा देखिएको ‘अभूतपूर्व जोखिम’ लाई सही दिशा दिन र देशलाई अग्रगामी मार्गमा डोर्याउन यो एकताको निर्णय लिइएको सहमती पत्रमा उल्लेख छ।

सहमती पत्रमा भनिएको छ “जनयुद्धका बेला भन्ने गरिएको हरेक प्रतिकूलतालाई अनुकूलतामा बदल्ने नीति अन्तर्गत देशका कान्तिकारीहरुबीच एकता र ध्रुवीकरण प्राथमिक कर्तव्य हुन् आउँछ।” यस पहलबाट संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, (नेपाली समाजको प्रकृति अनुरुप) विकास र अग्रगामी कार्यान्वयनमा दृढ प्रतिवद्धता व्यक्त गरिएको छ। माओवादी केन्द्र र समाहित भएको मोर्चाले संयुक्त रूपमा स्वदेश तथा विदेशमा संघर्षरत मजदुर, किसान, सुकुम्बासी, वित्तीय शोषणपीडित तथा विस्थापितवर्ग, लिङ्ग, जातजाति, क्षेत्र एवं देशभक्तहरूसँग समाजवादी ध्रुवीकरण बढाउन आह्वान गरेका छन् ।

सहमति र आगामी कार्यदिशा

दुई पक्षबीच भएको समझदारीमा विशेष गरी वैचारिक समीक्षा र समाजवादी कार्यदिशालाई जोड दिइएको छ । वैचारिक–सांगठनिक समीक्षास् विगतका गल्ती कमजोरीहरूको वस्तुनिष्ठ समीक्षा गर्न कार्यटोली बनाउने। यसको मार्गदर्शनमा नयाँ एकता सृष्टि गर्दै नेपाली क्रान्तिको समाजवादी कार्यभार उठाउन सामर्थ्य आर्जन गर्ने। गोपाल किराँतीद्वारा विकसित देशभक्तिपूर्ण पहिचानसहितको समाजवादी लोकतन्त्र बारे पार्टीमा व्यवस्थित छलफल गर्ने र पूर्ण जनवादका आधारमा निर्णय लिने। सहमति कार्यान्वयन गर्न देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किराँतीको नेतृत्वमा रहेका मार्क्सवादी क्रान्तिकारीहरू नेकपा (माओवादी केन्द्र) मा ध्रुवीकृत हुने।


सम्बन्धित समाचार