Logo

१७ कात्र्तिक, काठमाडौँ। पार्टी एकताको औपचारिक घोषणापछि नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरू थप महत्त्वपूर्ण छलफलमा जुटेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर मा छलफलमा जुटेका हुन् । हिजोमात्रै माओवादी केन्द्र र एकीकृत समाजवादीसहित आठ दलहरूले एकता गर्ने घोषणा गरेका थिए। ती दलहरूले आफ्नो चुनावी चिन्ह तारा राख्ने सहमति गरे पनि संयुक्त पार्टीको नाम भने सार्वजनिक गरेका छैनन् ।

नेताहरूका अनुसार, एकताको घोषणापश्चात् संगठनात्मक संरचना, नयाँ पार्टीको राजनीतिक तथा वैचारिक कार्यदिशा र अन्य साना समूहहरूसँगको एकता प्रक्रिया लाई कसरी अगाडि बढाउने भन्ने विषयमा आजको छलफल केन्द्रित रहेको छ। आलोकनगरको यो छलफलले एकता अभियानलाई ठोस स्वरूप दिने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार