Logo

१९ कात्र्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले महत्त्वपूर्ण भेटवार्ता गरेका छन् ।

आज वाम दलहरू एकताको संघारमा रहँदा प्रचण्ड निवासमा झन्डै एक घण्टादेखि चलिरहेको उक्त भेटवार्ता अझै जारी रहेको माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले दिएका छन् । श्रेष्ठका अनुसार भेटवार्ता अत्यन्तै सकारात्मक रहेको र खनाल तथा भुसाललाई ‘एउटै केन्द्रमा बस्नुपर्छ’ भन्ने आग्रह गरिएको छ ।

श्रेष्ठले अबको एकदेखि डेढ घण्टाभित्रै छलफलले निष्कर्ष पाउने अपेक्षा गर्दै, सकारात्मक निर्णय आउने आशा व्यक्त गरेका छन् । खनाल र भुसालले आफ्नो छलफल ‘पदीय बार्गेनिङ’ नभएर नीतिगत विषयमा केन्द्रित रहेको स्पष्ट पारेका छन् । यो सकारात्मकताले गर्दा आज दिउँसो हुने नौ वामपन्थी दलबीचको एकता प्रक्रियामा खनाल र भुसाल पनि सहभागी हुन सक्ने बलियो संकेत श्रेष्ठले दिएका छन् ।

यसैबीच, पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले गएराति एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि वाम एकताकै विषयमा कुराकानी गरेको भए तापनि ओलीसँगको एकता भने सम्भव नभएको जानकारी दिएका छन् ।


सम्बन्धित समाचार