Logo

२९ कात्तिक,वीरगञ्ज । समाजवादी प्रेस संगठन नेपाल पर्साले दिवंगत पत्रकार स्व. नरेश सर्राफको सम्झनामा मंसिर १५ गते तेस्रो स्मृति सभा आयोजना गर्ने निर्णय गरेको छ। शुक्रबार वीरगन्जमा बसेको संगठनको बैठकले उक्त निर्णय गरेको हो।

बैठकमा संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा दोस्रो स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार वितरण गर्ने निर्णय पनि गरिएको छ। पुरस्कारका लागि योग्य पत्रकार चयन गर्न अध्यक्ष सुमनको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ। समितिमा उपाध्यक्ष हरिशंकर शर्मा, सचिव विनोद पटेल, कोषाध्यक्ष सन्तोष साह र सदस्य मनिषा साह रहेका छन्।

बैठकले झुट्टो मुद्दामा फसाइएका संगठनका उपाध्यक्ष हरिशंकर शर्मालाई अदालतले निर्दोष प्रमाणित गरेकोमा बधाई ज्ञापन गरेको छ। बैठकमा सहभागीहरूले शर्मालाई खादा र अविरको टीका लगाएर शुभकामना व्यक्त गरेका थिए।

बैठकमा नेकपा नेता रामचन्द्र साह, मनोज चौधरी, बालगोपाल थापा, संगठनका केन्द्रीय सचिव बृजलाल पासवान, मधेस प्रदेश अध्यक्ष मनोज पटेल लगायतको उपस्थिति रहेको थियो।


सम्बन्धित समाचार